खरसाङ: तीनधारे क्षेत्रमा यस वर्ष २०२५ को छठ पूजा भक्तिभाव र शान्तिपूर्ण रुपमा पालन गरिएको छ। तीनधारे क्षेत्रका बिहारी समुदायको हिन्दु धर्मावलम्बीहरुले तीनधारे अन्तर्गत रहेका विभिन्न धाराजरुमा पालन गरिएको छ। यस क्रममा तीनधारेको धाराहरु क्रमैले होटेल गैरी, आशीलाल धारा, ऋषि धारा, काली धारा र तीनधारेदेखि केही तल चुनभट्टी नजिक रहेको ढ्वाङ खोलाको ठूलो धारा आदिमा छठ पूजाको आयोजना गरिएको जानकारी प्राप्त भएको छ। छठ पूजाको अवसरमा सोमवार साँझ फल प्रसादको साथमा पूजा अर्चना गरेर मंगलवार बिहान ४ बजीदेखि तीनधारे क्षेत्रमा रहेका धाराहरुमा ब्रत बसेर चोखो र पवित्र मनमा सूर्योदय नभईञ्जेलसम्म पूजा गरेर सूर्यलाई चोखो पानी चढाएर छठ पूजा सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। छठ पूजा भारतभरि नै बिहारी समुदायको हिन्दु धर्मावलम्बीहरुले पालन गर्ने गरेका छन्। छठ पूजालाई महत्वपूर्ण मानेर चोखो मनले नियमपूर्वक चोखो र पवित्र मनको साथमा पालन गरिनेछ। छठ पूजा विषयमा तीनधारेको राजबारी निवासी नरेन बम्जनले बताए अनुसार छठ पूजाको मूल अर्थ प्राचीन समयमा देवी देवताहरूलाई राक्षसहरुले पूजा पाठ र ध्यानमा बाधा पुराई आक्रमण गरी रातभरि लडेर जब सूर्य उदय भएपछि राक्षसहरु आफै भागेको र बिजय हाँसिल भएको सम्झेर उक्त दिनदेखि चोखो पानी चढाउनुको साथै फल प्रसाद चढाई विशेष स्त्री जातिहरु उपवास बसेर पानीको चोखो धाराहरुमा फूलहरुले सजाई सूर्य नउदाञ्जेलसम्म पानीमा उँभेर ध्यानमग्न भई पानी चढाउँदै प्रतिक्षा साँच्ने गर्दछन्। यसको साथै जब सूर्य उदाएपछि बिजय प्राप्त भएको सम्झेर घर घरतिर पुगी खुशी मानी ईष्टमित्र सबैलाई फल प्रसाद बाँडेर आफ्नो ब्रत पनि खोल्ने गर्दछन्। तीनधारे क्षेत्रका बजार निवासी एक वृध्द जय प्रकाश गुप्ताले आफुले जब चाल पाएदेखि आजसम्म आफ्नो ६५ वर्षको उमेरसम्म छठ पूजा निरन्तर गर्दै आएको र प्रायः तीन पुस्ता भईसकेको बताएका छन्। उनले यसरी विश्वास गरेर नियमपूर्वक छठ पूजा मनाउँदै आएकोले आफु साथै आफ्नो परिवार सधैं सकुशल र आनन्दमय रहेको पनि बताएका छन्।

तीनधारेको राजबारी निवासी नरेन बम्जनले बताए अनुसार यसपाली तीनधारे क्षेत्रमा छठ पूजा बिहारी समुदायको साथमा नेपाली हिन्दु धर्मावलम्बीहरुले पनि एक साथमा रहेर भाग लिएका थिए। उनले यसपाली तीनधारे क्षेत्रमा छठ पूजा शान्तिपूर्ण रुपमा पालन गरिएको पनि बताएका छन्।









