कालेबुङ: भाजपा दार्जिलिङ जिल्ला समिति अधयक्ष कल्याण देवानको सभातित्वमा कालेबुङको पश्चिम पैयौंग १६ माईलमा समर्थन कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला अध्यक्ष कल्याण देवान, उपाध्यक्ष कुमार चाम्लिङ, सचिव उमेश राई, राजु राई, जिल्ला समिति सदस्य देश भक्तसुब्बा, गोपाल छेत्री, आईबी राई, बिमल छेत्री, मिलन शर्मा, किरण थापा, बबिता शर्मा, केसरी गुरुङ, गोमा प्रधान र अन्यान्यको उपस्थितिमा सिमरन छेत्री, रुसाङ भुटिया, एम वाङ्दी शेर्पाको नेतृत्वमा क्षेत्रको साठ्ठी परिवारले भाजपाको झण्डा ग्रहण गरेर औपचारिक रुपमा भाजपालाई समर्थन गरेका छन्।

आजको कार्यक्रममा भर्खरै मात्र भाजपामा समर्थन गरेका विरेन भुजेल, सुङदेन् लेप्चा, अर्पण गुरुङहरुको पनि उपस्थिति थियो भनी जानकारी प्राप्त भएको छ।











