सम्थार गोल्ड कपको सेमिफाइनलमा रियल फ्रेण्ड्स फरएवर

IMG-20251027-WA0183

सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा सिक्किमको रियल फ्रेण्ड्स फरएवरले सेमिफाइनलमा स्थान बनायो। सम्थार खेल मैदानमा सोमवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा रियल फ्रेण्ड्स फरएवरले जर्जियन फूटबल क्लबविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल सुरज राईले ४८औं मिनटमा गरे। विजेता टीमका गोलकीपर निम्डुप लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो । टुर्नामेण्टमा जम्मा ८ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० अक्टोबरमा हुनेछ। यसरी फाइनल ३ नोभेम्बरमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement