सिलगढी: एनजेपी थाना पुलिसले आज चोरी गरेको चारचक्के वाहन सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ गरिसकेपछि सो व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। यसरी पक्रा गरिएको व्यक्तिको नाम अभिजीत कुन्डु भनेर चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार अभिजीत कुन्डु नाम गरेको एकजना व्यक्तिले इस्लामपुरबाट चोरी गरेको वाहन लिएर असममा बिक्री गर्ने उद्देश्यले गइरहेको गोप्य सुइँको पाएपछि पुलिसले नौकाघाट मोडमा अभियान चलाएर उक्त वाहनलाई रोकेर वाहनको कागजपत्र मागे। यसपछि उक्त व्यक्तिले वाहनको वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले तिनलाई वाहन सहित पक्राउ गरेर थानामा लगेको बताइएको छ।