सिलगढी: भारतीय जनता पार्टी सिलगढी सांगठनिक जिल्लाको ६ नम्बर मण्डलको तर्फबाट पण्डित दिनदयाल उपाध्यायको जन्मदिनको अवसरमा विविध कार्यक्रमको आयोजना गरियो। यस अवसरमा आज सिलगढीको गेट बजारस्थित भाजपाको पार्टी कार्यालय अघि निःशुल्क स्वास्थ्य जाँच शिविर तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेका थिए। दार्जिलिङका सांसद राजु विष्टले पण्डित दिनदयालको तस्विरमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। उक्त कार्यक्रममा सांसद विष्ट लगायत सिलगढीका विधायक शङ्कर घोष, मतिगढा नक्सलबारीका विधायक आनन्दमय बर्मन र भाजपाका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।









