दुधेस्थित बालासन खोलामा निर्मित अस्थायी पुलको सभासद कल्पना प्रधानद्वारा स्थलगत भ्रमण

IMG-20251027-WA0143

खरसाङ: गत ४ अक्टोबरमा आएको अविरल वर्षाको कारण मिरिक अनि सिलगढीलाई जोड्ने बालासन खोलाको फलामे पुल क्षतिग्रस्त भएको थियो, जसको कारण दुधेको पुल भएर दैनिक रूपमा यातायात गर्ने गाडीहरू अन्य मार्ग भएर आवत जावत गरिरहेका थिए। दैनिक रूपमा यस मार्ग भएर यातायत गर्ने जनसाधारणलाई धेरै असुविधा भइरहेको थियो। दुधे बालसन खोलामा अस्थायी पुलको कार्य समाप्त भइसकेपछि सोमबारदेखि गाडीहरूको निम्ति उक्त अस्थायी पुल खोलिएको कारण गाडीहरूको आवत जावत बिहानदेखि शुरू भएको छ। यस अवधि क्षेत्रीय कार्यकारी सभासद कल्पना प्रधानले दुधेस्थित बालासन खोलामा अस्थायी पुलको स्थलगत भ्रमण गरिन्। उनले गत दुधेको बाटो बन्द अवधिमा नोलमा बाटो भएको दुर्घटनाप्रति शोक प्रकट गरिन् साथै यतिको छोटो समयमा पनि यति ठूलो अस्थायी पुल निर्माणको निम्ति राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीए प्रमुख कार्यपाल अनित थापा, पीडब्लूडी विभाग, ठेकेदार साथै स्थानीय प्रशासन सबैलाई कृतज्ञता प्रकट गरिन्। प्रधानले चालक दाज्यु भाईहरूलाई उक्त अस्थायी पूलमा गाडी चलाउँदा अनुशासित भएर चलाइदिने अनुरोध पनि गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement