कृषि कार्यालय खरसाङमा बिदाई समारोह सम्पन्न

IMG-20220925-WA0167.jpg

खरसाङ: खरसाङ कृषि विभाग कार्यालयमा बिदाई समारोह सम्पन्न भएको छ। कृषि विभाग कार्यालय खरसाङको कर्मचारीहरूका आयोजनामा सम्पन्न गरिएको उक्त बिदाई समारोहका अध्यक्ष सह कृषि अधिकारी (प्रशासन) सेवन छिरिङ लेप्चाले गरेका थिए। उक्त बिदाई समारोहमा सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा कृषि विभाग खरसाङबाट स्थान्तरण भएर अन्य स्थान गएका अधिकारीलाई बिदाई दिइएको छ। यस क्रममा प्रभात प्रधान साथै डिकी शेर्पालाई कर्मचारीहरूले खदार्पणसहित स्मृति चिन्ह प्रदान गरी बिदाई दिइएको छ। सम्पूर्ण कर्मचारीहरूको पक्षमा सवेन छिरिङ लेप्चा साथै सरदचन्द्र सरकारद्वारा बिदाई दिइएको छ। कार्यक्रममा नवराज निरौलाद्वारा कविता पाठ गरिएको थियो। बिदाई दिइएको अधाकारीहरूमा प्रभात प्रधान दार्जिलिङ स्थान्तरण भएका छन् भने डिकी शेर्पा सुखे पोखरी स्थान्तरण भएका छन् । स्थान्तरण भएका दुवैलाई आगामी दिनहरूको कार्यको लागि शुभकामना दिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *