सिलगढी मिरिकमाझ दुधे भएर चल्ने गाडीहरूको सञ्चालन शुरु
खरसाङ: आजदेखि सिलगढी मिरिकमाझ दुधे भएर चल्ने गाडीहरूको निम्ति यहाँको बालासन खोलामाथिको अस्थायी पुल खुल्ला गरिएको छ। आज बिहान ११ बजीदेखि आधिकारिक रूपमा खुल्ला गरिएको छ। गत ४ अक्टोबरमा आएको अविरल वर्षाको कारण यहाँको फलामे पुललाई भत्काइदिएपछि दुधे भएर सिलगढी-मिरिकमाझ यातायात पूर्ण रूपले ठप्प भएको थियो। यसैलाई ध्यानमा राखेर जीटीए प्रमुख कार्यपाल अनित थापाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई यहाँ हाललाई समस्या सामाधानको निम्ति कुनै विकल्प सोचिदिने गरेको आग्रहको फलस्वरूप यहाँ एउटा अस्थायी पुल निर्माण गर्ने औ उक्त पुल पन्ध्र दिनभित्रमा निर्माण गरिसकिने दिएको आश्वासनको फलस्वरूप उक्त अस्थायी पुल निर्माण कार्य पूरा भएपछि आजदेखि सर्वसाधारणको निम्ति खुल्ला गरियो। यसको निम्ति सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन अनि उप प्रधान सन्तोष तामाङले राज्यकी मुख्यमन्त्री अनि जीटीए प्रमुख कार्यपाल अनित लगायत यस कार्यमा रातदिन एक गरेर काम गर्ने ठेकेदार, अभियन्ताहरू तथा कर्मचारीहरू सबैलाई धन्यवाद दिएका छन्। उनले यस पुल निर्माणले अब सर्वसाधारणलाई धेरै राहत मिलेको जनाउँदै दार्जीलिङ पहाडमा आउने पर्यटकहरूलाई पनि अब पहाड आउन सक्ने औ यहाँको बाटोघाटोको कुनै असुविधा औ बाधा नरहेको जनाएका छन्।









