७०० जना महिलाहरुलाई बिमल चन्द्र पाल र आरती पाल मेमोरियल वेलफेयर अर्गानाइजेसनको तर्फबाट लुगाफाटा वितरण

IMG_20220925_185854.png

सिलगढी: बिमल चन्द्र पाल र आरती पाल मेमोरियल वेलफेयर अर्गनाइजेसनले धेरै सामाजिक कार्यहरु गर्ने गरेको छ।यसै अर्गानाइजेसनको तर्फबाट आज आवश्यकमन्द महिलाहरूलाई लुगाफाटाहरु वितरण गरियो। अर्गनाइजेसनको तर्फबाट आज सिलगढीको २३ नम्बर वार्डको माइकल स्कुल नजिक एउटा कार्यक्रमबीच लगभग ७०० जना गरिब महिलाहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। दार्जिलिङ जिल्ला तृणमूल सभानेत्री पापिया घोष, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती,२३ नम्बर वार्डका काउन्सिलर लक्ष्मी पाल, संगठनका अमर चन्द्र पाल लगायत अन्यको बाहुलीबाट आवश्यकमन्द महिलाहरूलाई वस्त्र वितरण गरियो।

About Author

Advertisement