सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा नेताजी युथ क्लब (एनवाईसी), सेवोकले सजिलै सेमिफाइनलमा स्थान बनायो। सम्थार खेल मैदानमा आइतवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा एनवाईसी सेवोकले ४/९ गोर्खा राइफल्सविरुद्ध ६-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट निमा (१८औं, २२औं र ७९औं मिनट) र श्याम मुर्मु (३५औं, ४८औं र ६०औं मिनट)-ले ह्याट्रिक गरे। यसरी ४/९ गोर्खा राइफल्सको तर्फबाट अर्जुन छेत्रीले १३औं मिनट र दिवस छेत्रीले ५०औं मिनटमा गोल गरे। श्याम मुर्मुलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा ८ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० अक्टोबरमा हुनेछ। यसरी फाइनल १ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










