मङपू: मङपू युथ क्लबको तत्त्वावधानमा आयोजित मङपू गोल्ड कप २०२५ फूटबल टुर्नामेण्टमा गान्तोक हिमालयन स्पोर्टिंग क्लब (सिक्किम) च्याम्पियन बन्यो। मङपू खेल मैदानमा आइतवार खेलिएको फाइनलमा गान्तोक हिमालयन स्पोर्टिंग क्लबले जर्जियन फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा १०-९-ले जीत हासिल गऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो।

नियमित समयको खेलमा जर्जियन एफसीको तर्फबाट कुञ्जमान थापाले १०औं मिनटमा अनि गान्तोक हिमालयन स्पोर्टिंग क्लबको तर्फबाट सुदेश सुब्बाले ७२औं मिनटमा गोल गरे। गान्तोक हिमालयन फूटबल क्लबका गोलकीपर लाक्पा भूटियाले प्लेयर अव् द म्याच को ट्रफी हासिल गरे।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।










