खरसाङ: लगभग एक महिनादेखि खरसाङ शहर क्षेत्रको विभिन्न ठाउँमा एकपछि अर्को चोरीको घटनामा मुुख्य आरोपी रहेको एउटा युवक आज खरसाङ पुलिसद्वारा पक्राउ गरिएको छ। प्राप्त जानकारी अनुसार लगभग एक महिनादेखि खरसाङ बजार क्षेत्रको विभिन्न ठाउँबाट दिउँसै एउटा युवकले विभिन्न सर-सामग्रीसहित नगद अनि मोबाइल फोन चोरेर लगेको सीसीटीभी फुटेज एकपछि अर्को अघि आइरहेको थियो भने यी चोरीको घटनाहरूलाई गम्भीरता पूर्वक लिँदै पुलिस प्रशासनले आज खरसाङ बजार क्षेत्रबाट उक्त चोरलाई पक्राउ गरेको छ।
पुलिसद्वारा पाईएको जानकारी अनुसार, प्राथमिक जाँचमा उक्त युवक कालेबुङ निवासी रहेको जानकारी पाइएको छ भने उक्त चोरबाट पुलिसले विभिन्न चोरीको मोबाइल फोनसहित अन्य विभिन्न सामग्रीहरू पनि जफ्त गरेको छ। यसको साथै पुलिसले अघिल्लो कार्वाही शुरू गरेको जानकारी प्राप्त भएको छ।











