खरसाङ: सिविटारको बाघमारा बस्तीमा अवस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा आयोजना गरिने काङयुर पूजा विषयलाई लिएर सिविटार, शिवखोला, बाघमारा र गोदामटार क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरु र समाजहरुलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा मिक्मा लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई राजीव तामाङले सञ्चालन गरेका थिए। उक्त सभामा बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा आगामी २ नोभेम्बरदेखि ११ नोभेम्बरसम्म आयोजना हुन लागेको काङयुर पूजा विषयमा छलफल गरिएको छ। सभामा झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाको सञ्चालन कमिटीको प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए। सभामा यस गुम्बामा हुन लागेको काङयुर पूजा सफल बनाउन सबैको साथ र सहयोग चाहिने साथै यस पूजालाई ले कसरी सफल बनाउने भन्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै बौध्द धर्म गुरु मिक्मा लामाले आगामी २ देखि ११ नोभेम्बरसम्म आयोजना गरिने क्याङयुर पूजामा सबैको साथ, सहयोग र सहभागिताको आवश्यकता रहेको बताएका छन्। उनले आफुहरुको पिता बौध्द धर्म गुरु स्याङ्देन म्हेमेको निधनपछि आफुहरु बाहिरबाट सहयोग गर्ने र यस पूजामा सबै संघ संस्थाहरु र समाजहरु साथै व्यक्ति विशेष र सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताएका छन्।










