नव जागरण च्यालेञ्ज ट्रफीः लोहागढ़ एफसी र पोख्रेबुङ एफसी विजयी

IMG_20220925_185142.jpg

२५ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा लोहागढ़ एफसी-ले फुवागड़ी राइजिंग क्लबलाई ६-०-ले पिट्यो। यसरी नै दोस्रो म्याचमा पोख्रेबुङ एफसी-ले एमएम तराईलाई ३-१-ले पराजित गऱ्यो। अब सोमवार खेलिने पहिलो म्याचमा मगरजुंग एफसी र बेलगाछीबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच समलबुंग र पुटुंग एफसी-बीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement