तीनधारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्म जयन्ती पालन

IMG-20251026-WA0112

खरसाङ: साहित्य कला संस्थान् तीनधारेको आयोजनामा आईतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्म जयन्ती पालन गरिएको छ। साहित्य कला संस्थान् तीनधारेको उपाध्यक्ष सुरेन बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सह सचिव उत्तम शर्माले सञ्चालन गरेका थिए। कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा दिपक प्रधान, कृष्णराज छेत्री र उत्तम गिरीले वक्तव्य राखेका थिए। कार्यक्रममा साहित्य कला संस्थान् तीनधारेको सचिव सन्तोष लामा लगायत अन्य पदाधिकारीहरु र सदस्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा सभाध्यक्ष सुरेन बम्जनले आफ्नो अध्यक्षीय सम्भाषणमा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। गत तिहारको समयमा सबैजनाको व्यस्ततालाई हेरेर संस्थानद्वारा देवकोटा जयन्ती आईतबार पालन गरिएको संस्थानको मूल सचिव सन्तोष लामाले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement