एनएच ११० भएर गाडीहरु कुद्न थालेपछि ‘वी लभ तीनधारे’ क्षेत्रमा अझ भीडभाड

IMG-20251026-WA0113

खरसाङ: वर्तमानमा राष्ट्रिय राजमार्ग ११० (पहिले ५५) भएर गाडीहरु कुद्न थालेपछि ‘वी लभ तीनधारे’ क्षेत्रमा गाडीहरु र मानिसहरू भीडभाड देखिन थालेको छ। तीनधारेको गोलाई पाखास्थित ‘वी लभ तीनधारे’ बोर्ड लेखेको क्षेत्र पहिलेबाट नै स्थानीयहरु र पर्यटकहरुका लागि प्रसिद्ध बनिरहेको थियो भने गत ४ अक्टोबर राती पैह्रोले रोहिणी रोड वाधित बनेपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० अन्तर्गत महानदी, घैयाबारी र तीनधारे क्षेत्र भएर कुद्न थालेपछि यहाँ गाडीहरु र मानिसहरूको‌ निक्कै भीडभाड देखिन थालेको छ। यहाँ अहिले सिलगढी क्षेत्रबाट आउने स्थानीय पर्यटकहरु र दार्जिलिङ घुमेर फर्कनेहरु साथै तीनधारेसम्म मात्रै घुम्न आउनेहरु पनि निक्कै बेसी देखिन थालेको छ।‌

‘वी लभ तीनधारे’ मा फोटो खिँच्नेहरु साथै तीनधारेको दृश्य र तीनधारेबाट देखिने वरिपरिका डाँडाहरु क्यामेरामा कैद गर्नेहरु निकै बेसी देखिन थालेको छ।‌ यस क्षेत्रमा गाडीहरु रोकेर चिया पिउनेहरू र खाजा खानेहरु निकै बेसी देखिन थालेकोले यस क्षेत्रमा दोकानपाटहरु पनि राम्रै चल्न थालेको छ भने स्थानीयहरुलाई रोजगारको अवसर सिर्जना भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement