प्रधानमन्त्रीको ‘मन की बात’ कार्यक्रम एकसाथ सुन्दै भाजपाको संगठन सुदृढीकरणबारे चर्चा

IMG-20251026-WA0096

कालेबुङ: भारतीय जनता पार्टी कालेबुङ मण्डल–५, इच्छे होम्स भालुखोपमा प्रधानमन्त्रीको ‘मन की बात’ कार्यक्रमसँगै भाजपाको संगठन सुदृढीकरणबारे चर्चा कार्यक्रम सम्पन्न भएको छ।
आज मण्डल ५ अन्तर्गत इच्छे होम्स भालुखोपको बुथ नम्बर २०२ र २०३ मा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रिय कार्यक्रम ‘मन की बात’ सामूहिक रूपमा सुनियो। यस अवसरमा पार्टी संगठन सुदृढीकरण र आगामी गतिविधिहरूबारे विशेष छलफल पनि सम्पन्न भयो।
कार्यक्रममा बुथ २०२ का अध्यक्ष किरण थापा र बूथ २०३ का अध्यक्ष रामकृष्ण पराजुली, भारतीय जनता पार्टीका जिल्ला अध्यक्ष सञ्जीव लामा, महामन्त्री सोङदेन लेप्चा, जिल्ला कार्यकारिणी सदस्य कपिल तिम्सिना, पञ्चायत सदस्य विकास थापा, मण्डल र बुथका अन्य कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा भाजपा कार्यकर्ताहरूले ‘मन की बात’ सुनेर प्रधानमन्त्रीले देशका नागरिकहरूप्रति व्यक्त गरेका सन्देशको विश्लेषण गरेका थिए।


प्रधानमन्त्री नरेन्द्र मोदीले आजको ‘मन की बात’ को १२७ औँ एपिसोडमा निम्न महत्वपूर्ण सन्देशहरू दिएका थिए। यस क्रममा छठ पर्वलाई सामाजिक एकता र आस्थाको प्रतीक भन्दै देशवासीलाई शुभकामना व्यक्त गरे। पर्यावरण संरक्षण र ‘मैङ्ग्रोभ अभियान’ को महत्त्वबारे चर्चा गर्दै नागरिक सहभागिताको आह्वान गरे।


‘रन फॉर यूनिटी’ कार्यक्रममा सहभागी हुन आग्रह गर्दै लोहा पुरुष सरदार वल्लभभाई पटेलको एकताको सन्देश सम्झाएका‌ थिए। युवा र महिला उद्यमशीलता, ‘स्टार्टअप इण्डिया’ र ‘मेक इन इण्डिया’ जस्ता योजनाको माध्यमबाट आत्मनिर्भर भारत निर्माणमा जोड दिएका थिए। यसको साथै सामाजिक सद्भाव र विकासको साझा जिम्मेवारी सबै नागरिकले वहन गर्नुपर्नेमा जोड दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement