कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः त्रिवेणी स्टार सेमिफाइनलमा

IMG_20220925_184344.jpg

२५ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा त्रिवेणी स्टार, फाप्री सेमिफाइनलमा पुग्यो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको क्वार्टर फाइनल म्याचमा त्रिवेणी स्टारले कालीझोड़ा एकता समितिलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट मिगमा शेर्पा, सञ्जु केरकेटा र पुजन शेर्पाले गोल गरे। यसरी नै कालीझोड़ाको टीमबाट इन्द्रजीत छेत्री करण राईले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement