२५ सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार नागरी एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको म्याचमा नागरी एफसी-ले सोरेंग एफसी-लाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट वांगदेन तामाङले ह्याट्रिक गरे। यसबाहेक अदुप राईले पनि १ गोल गरे। सोरेंग एफसी-बाट नीमा तामाङले २ अनि मंगलधेम लेप्चाले १ गोल गरे। अब सोमवार खेलिने म्याचमा लिंगदिंग एफसी र शारदा हाई स्कूल (मंगपू)-बीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।











