सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा मिक्स्ड अप बोइज, खरसाङले सेमिफाइनलमा स्थान बनायो। सम्थार खेल मैदानमा शनिवार भएको उद्घाटन म्याचमा मिक्स्ड अप बोयजले छुजाचेन स्पोर्ट्स एकाडमी (सिक्किम) विरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा मिक्स्ड अप बोयजको तर्फबाट सौरभ तामाङले ३२औं मिनट र सीएसए, सिक्किमको तर्फबाट प्रकाश दर्जीले ४४औं मिनटमा गोल गरे। टुर्नामेण्टमा जम्मा ८ वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० अक्टोबरमा हुनेछ। यसरी फाइनल १ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










