शिक्षिका, सहकर्मी र विद्यार्थीबीच शोकको लहर
सामाबियोङ चियाकमानस्थित आलिशा मेमोरियल विद्यालयकी भूतपूर्व शिक्षिका श्रीमती प्रियंका छेत्रीको असामयिक निधन भएको छ। विद्यार्थी र सहकर्मीहरूबीच उनी ‘मुन्ना मिस’ भनेर चिनिन्थिन्।
उनी एक अनुभवी, समर्पित र मिलनसार शिक्षिकाका रूपमा विद्यालय समुदायमा लोकप्रिय थिइन्। उनको अप्रत्याशित निधनले विद्यालय परिवार, विद्यार्थी तथा पूर्व सहकर्मीहरूमा गहिरो शोक छाएको छ।
आलिशा मेमोरियल विद्यालय परिवारले प्रियंका मिसप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानलाई सदैव स्मरण रहने जनाएको छ। विद्यालयले एक विज्ञप्ति जारी गर्दै भनिएको छ, “प्रियंका मिसले शिक्षा र अनुशासनमा देखाएको समर्पण हाम्रो लागि प्रेरणाको स्रोत रहिरहनेछ। हामीले एक असल शिक्षिका, सहकर्मी र मार्गदर्शक गुमाएका छौं।”
उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका विद्यार्थीहरूले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् र उनको आत्माको चिरशान्तिको कामना गरेका छन्।
प्रियंका मिसको योगदान र शिक्षाप्रतिको समर्पण सदैव सम्झन योग्य रहनेछ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





