खरसाङ: हर घर जल योजनामा ३ करोडको भ्रष्टचार भएको ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले लगाएको छ। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले चिमनी देवराली ग्राम पञ्चायतको चैते पानी, चिम्नी देउराली क्षेत्रमा ३ करोड रुपियाँको भष्ट्राचार भएको आरोप लगाएका छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट चिम्नी देउराली ग्राम पञ्चायत कार्यालय नजिकैको चैते पानी क्षेत्रमा सञ्चालन भएको हर घर जल योजनामा झण्डै 3 करोडको भ्रष्टाचार भएको आरोप लगाएका छन्। उक्त आरोप चिम्नी देवराली ग्राम पञ्चायत प्रधान बिमल तामाङ र ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङका प्रवक्ता आरके शर्माले जनताको पैसाको दुरुपयोग र अनियमितता भएको गम्भीर आरोप लगाएका छन्। दुवैले खरसाङको चिम्नी देउराली ग्राम पञ्चायत क्षेत्रमा हर घर जल योजनामा भ्रष्टाचारको आरोप लगाएका छन्। चिमनी देवराली ग्राम पञ्चायतका प्रधान बिमल तामाङ र इन्डियन गोर्खा जनशक्ति फ्रन्टका केन्द्रीय सदस्य तथा खरसाङका प्रवक्ता आर.के. शर्माले संयुक्त रूपमा भ्रष्टाचार भएको आरोप लगाएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




