रंगमुक चियाबारी निवासी प्रणय राई बने पुष्प प्रदर्शनीको विजेता

IMG-20251025-WA0120

सोनादा: रंगमुक चियाबारीको लोवर बीच गाउँ निवासी प्रणय राईले दार्जिलिङमा आयोजित पुष्प प्रदर्शनीमा विजेता बनेका छन्‌। दार्जिलिङमा ठकुरी नर्सरीको‌ आयोजनामा सम्पन्न पुष्प प्रदर्शनीमा रंगमुक चियाबारीको लोवर बीच गाउँमा अवस्थित अर्किड घरका मालिक प्रणय राई विजेता बनेका छन्। उक्त अवसरमा पुरस्कार पूर्व सिक्किमको पाल्योङस्थित आईसीआर कलाई बरदानद्वारा प्रदान गरिएको थियो। यस पुष्प प्रदर्शनीमा प्रणय राईले पमपम र मल्टी भ्याराइटिसमा प्रथम पुरस्कार जित्न सफल बनेका थिए। त्यसरी नै उनले जेन्ट भ्याराईटिसमा दोस्रो र मल्टी हेडमा पनि दोस्रो पुरस्कार जित्न सफल भएका छन्। यसको साथमा प्रणय राईले दार्जिलिङमा आयोजित पुष्प प्रदर्शनीको सबै वर्गमा भाग लिएकोले च्याम्पियन अफ् च्याम्पियन ट्रफी पनि जित्न सफल भएका छन्‌। दार्जिलिङमा आयोजित पुष्प प्रदर्शनीमा पुरस्कार जितेपछि फूल खेतीमा रहेका प्रणय राईले भने, ‘लगातार २०२२ देखि २०२४ सम्म हामीलाई दार्जिलिङको चौरास्तामा पुष्प प्रदर्शनीको लागि लागि अनुमति दिइएको थियो र नै हाम्रो फूलहरु पनि बिक्री भयो। तर यो पाली हामीलाई चौरास्तामा पुष्प प्रदर्शनीको लागि अनुमति दिइएन र भानु भवनमा अनुमति दिइएको थियो। यसको कारणले फूलहरु कम मात्रामा बिक्री भएको छ। यस विषयमा सम्बन्धित विभाग र निकायले हामीलाई चौरास्तामा नै प्रदर्शनीहको लागि अनुमति दिइयोस्।’
उनले अघि भने, ‘हामी फूलखेती गर्नेहरु यही फूलखेतीबाट नै हाम्रो सबै चल्छ अनि हाम्रो सबै मेहनत र पसिना यही फूलहरुमा नै छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement