पण्डित दिन दयाल उपाध्यायको जन्म जयन्तीको अवसरमा भाजपा खरसाङद्वारा पानीको मुहान सर सफाई

IMG-20220925-WA0158.jpg

खरसाङ: पण्डित दिन दयाल उपाध्यायको जन्म जयन्तीको अवसरमा आज भाजपा खरसाङ क्षेत्रका कार्यकर्ताहरुद्वारा पानीको मुहान सफा गर्ने कार्य गरेका छन्। भाजपा खरसाङको पदाधिकारीहरू र कार्यकर्ताहरूले खरसाङ बजारमा आउने पानीको मुहान सर सफाई गर्ने कार्य सम्पन्न गरेका छन्। यस अवसरमा भाजपा कार्यकर्ताहरूद्वारा सोनादाको आठ माइल पुगेर खरसाङ बजारमा आउने पिउने पानीको मुहान सर सफाई गरेका छन्। उक्त पानीको मुहान सर सफाई कार्यमा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, दार्जिलिङ जिल्ला युवा मोर्चाको महासचिव बिनय प्रसाद, खरसाङ मण्डल युवाको उप सभापति अर्जुन छेत्री र मण्डल महासचिव सन्दीप छेत्री उपस्थित रहेका थिए। यस विषयमा भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement