भारत आईसीसी महिला वर्ल्ड कपको सेमिफाइनलमा

IMG-20251024-WA0069

मुम्बई: भारतले आईसीसी महिला वनडे वर्ल्ड कप २०२५-को सेमिफाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको म्याचमा भारतले न्यूजील्याण्डलाई डीएलएस पद्धतिद्वारा ५३ रनले पराजित गऱ्यो। यस जीतको साथै भारत टुर्नामेण्टको सेमिफाइनलमा पुग्ने चौथो टीम बन्यो। वर्तमान च्याम्पियन अष्ट्रेलियाको साथमा ईंग्ल्याण्ड र दक्षिण अफ्रिकाले अगावै सेमिफाइनलमा स्थान बनाइसकेको छ। यसरी भारतविरुद्ध हारको साथ न्यूजील्याण्डको ट्रफी जित्ने सपना चाहिँ भताभुंगै भयो। डा. डीवाई पाटिल स्टेडियममा टस हारेर पहिला ब्याटिङ गर्दै भारतले ४९ ओभरमा ३ विकेट गुमाएर ३४० रन बनायो। भारतको निम्ति दुवै ओपनरले शतक बनाइन्। यसमा प्रतिका रावलले १२२ र स्मृति मन्धनाले १०९ रन बनाइन्। प्रतिकाले १३४ बल खेलेर १३ वटा चौका र २ वटा छक्का लगाइन्। यसरी मन्धनाले ९५ बल खेलेर १० वटा चौका र ४ वटा छक्का लगाइन्। यसबाहेक जेमिमा रोड्रिग्सले अविजित ७६ रन बनाइन्। वर्षाले गर्दा भारतको ईनिङ्स ४९ ओभरमै समाप्त गरियो। त्यसपछि न्यूजील्याण्डलाई ४४ ओभरमा ३२५ रन बनाउने संशोधित लक्ष्य हासिल भयो। शुरुदेखि नै लगातार विकेटको पतन हुँदा न्यूजील्याण्डले ४४ ओभरमा ८ विकेट गुमाएर २७१ रन मात्र बनाउन सक्यो। न्यूजील्याण्डको तर्फबाट ब्रूक हालीडेले सर्वाधिक ८१ रन बनाइन्। यसबाहेक इसाबेला गाजेले अविजित ६५, एमिलिया केरले ४५ र जर्जिया प्लिमरले ३० रनको योगदान दिइन्। भारतीय बलरहरूमा रेणुका सिंह र क्रान्ति गौड़ले २-२ विकेट हासिल गरिन्। यस जीतपछि भारतले ६ वटा म्याचमा ६ पोइण्ट्सको साथ वर्ल्ड कपको सेमिफाइनलमा स्थान पक्का गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement