मिरिक: मिरिक ब्यावसाय वेलफेर संगठनले साेमबार चिया श्रमिकहरूकाे मागलाई समर्थन गर्दै मिरिक बजार बन्द राख्ने जुन निर्णय गरेकाे थियाे ।जसलाई फिर्ता गर्दै साेमबार मिरिक बजार खुल्ला राख्ने घाेषणा गरेकाे छ। संगठनका अध्यक्ष साैराज गाेलेले आज एउटा प्रेसभेलाकाे आयाेजना गरेर साेमबार मिरिक बजार खुल्ला गरिनेछ भने। तिनले हामी र चियाकमानबासी नङ् र मासु भएर बसेका छाै। उनीहरूलाई परेकाे बेला सहयाेग गर्न हामीले चिया श्रमिक सुरक्षा समितिकाे अनुराेधमा साेमबार बजार बन्द गर्ने निर्णय गरेपनि यहाँकाे अधिकांश चियाकमानहरूले बीस प्रतिशतमा एक किस्तीमा बाेनस दिने भएपछि बजार खुल्ला गरिने निर्णय गरिएकाे हाे भने। तिनले सबैलाई संगठनकाे पक्षबाट दशैकाे शुभकामना पनि दिए।