तीनधारेको गैरी गाउँलाई प्लास्टिकमुक्त गाउँ बनाउन युवाहरूद्वारा अभियान शुरु

IMG-20220925-WA0151.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे गैरी गाउँका युवाहरू साथै वी केयर दार्जिलिङ सोसाईटीका युवाहरू मिलेर डीटीएमयु सदस्य नवराज राईको अगुवाइमा प्लास्टिक मुक्त गाउँ बनाउन अभियान शुरू गरेका छन्। तीनधारेको गैरी गाउँलाई प्लास्टिकमुक्त गाउँ बनाउने उद्देश्य लिएर उनीहरूले गाउँका प्लास्टिकहरु उठाउने काम गरेका छन्। उक्त अभियानमा जम्मा ३५ जना (१२ देखी १८ वर्षसम्मका) यपवाहरूले भाग लिएका थिए। युवाहरूले गाउँलाई प्लास्टिकमुक्त बनाउन फोहोर मैला टिप्ने कार्य गर्नुको साथै गाउँमा प्लास्टिकको प्रयोगमाथि सचेतना गराउने कार्य गरेका छन् भने प्लास्टिकको प्रयोग र रोकथाम विषयमा पनि जागरुक गराइएको छ। यो गाउँलाई प्लास्टिकमुक्त बनाउने अभियानको पहिलो खुड्किलो हाे र यसलाई अझ बृहत रूपका अघि लाने डीटीएमयु सदस्य नवराज राईले बताएका छन्। यस अभियान विषयमा स्थानीय युवाहरूको पक्षमा रिया तामाङले जानकारी गराउँदै तीनधारेको गैरी गाउँलाई प्लास्टिकमुक्त गाउँ बनाउने अभियान शुरु गरेको र यसमा सबै युवाहरू मिलेर कार्य थालेको बताइन्।

उनले अघि भने, यस कार्यमा ३५ जना युवाहरू सामेल रहेको र हामीले मैलाहरू उठाउने कार्य गरेको, प्लास्टिकहरू उठाउने कार्य थालेको अनि प्लास्टिक जथाभावी नफ्याँक्ने र त्यसको सठीक रूपमा प्रयोग गर्ने अनुरोध पनि गरेकी छन्। यसरी गाउँका युवाहरूले नवराज राईको अगुवाईमा प्लास्टिकमुक्त गाउँ बनाउन अभियान शुरू गरेकोमा गोदावारी संघ गैरी गाउँका सह सचिव नारायण शर्माले सबै युवाहरूलाई धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *