शब्द समयद्वारा ११७औँ देवकोटा जयन्ती पालन

IMG-20251022-WA0119

सालबारी: शब्द समयको तत्त्वावधानमा जयशोदा भवन, सालबारीमा देवकोटा जयन्ती पालन गरियो। कार्यक्रमको शुभारम्भ महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा वरिष्ठ कवि मोहन ठकुरीको बाहुलीबाट माल्यार्पण र दीप प्रज्ज्वलनद्वारा गरियो। फेरि कवि कृष्ण प्रधान ‘अर्पण’ र कथाकार मणिकुमार प्रधानले महाकविको तस्वीरमा खदार्पण गरी श्रद्धाञ्जली दिए भने कवि लीलबहादुर सोनारले महाकविलाई पुष्पार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा जीत सुनारले महाकविबारे सङ्क्षिप्त वक्तव्य राखेका थिए। त्यसपछि महाकविका कविताहरूको पाठ आरम्भ भयो। लीलबहादुर सोनारले ‘शून्यमा शून्य सरी’, मणिकुमार प्रधानले ‘तिहार’ र ‘म व्यक्तित्व’, कृष्ण प्रधान अर्पणले ‘कुहुकुहु’ कविता पाठ गरेर सुनाए भने राजा पुनियानिले ‘पागल’ कविता पाठ गरे। फेरि मोहन ठकुरीले मुनामदनबाट केही मार्मिक पङ्क्ति पढेर सबैलाई भावविह्वल पारे भने ज्ञानेन्द्र खतिवडाले आफ्नै आकर्षक शैलीमा ‘गरीब’ कविता पाठ गरेर सुनाए। अन्त्यमा, संयोजक जीत सुनारले छोटो समापन वक्तव्य राखेर धन्यवाद ज्ञापन गर्दै सभा विसर्जनको घोषणा गरे। यसरी शब्द समयको तत्त्वावधानमा ११७औँ देवकोटा जयन्ती सुचारु रूपले सम्पन्न भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement