अद्यावधिक: मिरिकको नोलडाँडा गाउँमा कार दुर्घटनामा चारजनाको मृत्यु

IMG-20251022-WA0107

मिरिक: मिरिकको नोलडाँडामा गाडी दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु र अन्य धेरै घाइते भएका छन्। बुधबार दिउँसो १२:४० बजीतिर मिरिक खण्ड अन्तर्गत नोलडाँडा गाउँमा एउटा ट्याक्सी गाडी दुर्घटना भएको छ जसमा चारजनाको मृत्यु भएको छ। १८ देखि १९ जना यात्रीहरु बोकेको दैनिक सेवा सवारी साधन नेपालको करकरीभिट्टाबाट मिरिकतर्फ जाँदै गर्दा चालक राकेश रुचालले ब्रेक लगाए तर दुर्भाग्यवश गाडी पछाडि सरेर सडकबाट खसेर धेरै फिट तल खसेको थियो।
रिपोर्ट अनुसार, तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ। मृतकहरूमा नेपालका ७३ वर्षीय पुरुष धनबहादुर, निरपानी बस्टीकी ३६ वर्षीया सजनी छेत्री, नेपालमा विवाह गरेकी सोरसाले मिरिककी गर्भवती महिला बिनिता तामाङ र सोरसालेकी वाङचेन तामाङ रहेको बताइएको छ। चालक राकेश रुचाल र अन्य घाइते यात्रीहरूको उत्तर बंगाल मेडिकल कलेज, सुकुना अस्पताल र नक्सलबारी अस्पतालमा उपचार भइरहेको छ। यो घटनाले मिरिकमा अर्को त्रासदीको दिएको छ। हालै मिरिक झीलमा डुबेर एकजनाको मृत्यु भएको थियो भने पैह्रोले ११ जनाको मृत्यु भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement