मिरिक: मिरिकको पुटुङस्थित नोल डाँडामा गाडी दुर्घटनाग्रस्त हुँदा समाचार लेखुञ्जेल तीनजनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। मिरिकदेखि काँकरीभिट्टा दैनिक चल्ने एउटा क्लुजर गाडी नोलाडाँडामा भिरबाट कोशौ मिटर तल खस्दा तीनजनाको घटनास्थलमा नै मृत्यु भयो भने धेरै घाइते भएको जानकारी प्राप्त भएको छ। गत ४ अक्टोबरको राती दुधेमा बालासन खोलाको पुल भत्किएपछि मिरिकदेखि सिलगढी जाने गाडीहरु पुटुङ भएर कुदिरहेका छन्।

यसै क्रममा आज मिरिकबाट काकरभिट्टा गईरहेको गाडी दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने गाडीमा सवार अन्य यात्रीहरु घाइते भएका छन्। घाइतेहरुलाई मिरिक खण्ड स्वास्थ्य केन्द्रमा उपचारको लागि लगिएको जानकारी प्राप्त भएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




