अप्पर सिमरिङको मलिबासे निवासी ललिप सुब्बाको घर आगलागीमा जलेर नष्ट

IMG-20251021-WA0131

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोल ग्राम पञ्चायतको अप्पर सिमरिङ, मलिबासे निवासी ललिप सुब्बाको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ। यस आगलागीमा ललिप सुब्बाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेको कुनै पनि सामानहरु निकाल्न नपाएको जानकारी प्राप्त भएको छ। जीउमा लगाएको लुगाबाहेक‌ घरभित्र भएको सबै सर समानहरु साथै कागज पत्रहरु सबै जलेर खरानी भएको जानकारी प्राप्त भएको छ। यस आगलागीमा नष्ट भएको घरमा पिता र छोरा रहेको जानकारी प्राप्त भएको छ। उक्त आगलागीमा ललिप सुब्बाको घर जलेर नष्ट भएको खबर पाउनासाथ शिवखोला ग्राम पञ्चायतको पञ्चायत समिति सदस्या अनिरा तामाङ पुगेर निरीक्षण गर्दै सहयोगको लागि आश्वासन दिएकी छन्। उनले स्थानीयहरुलाई यो‌ तिहारको समयमा आगलागीको घटनाबाट बाँच्न साथै सचेत रहने अनि सुरक्षित रहने आह्वान् पनि गरेका छन्। ललिप सुब्बाको घर आगलागी भएर नष्ट भएपछि शिवखोला ग्राम पञ्चायतको तर्फबाट पञ्चायतकर्मीहरु आएर आगलागीमा‌ नष्ट भएको घरलाई चाहिने भाँडाकुँडा, लुगाफाटा लगायत अन्य चाहिने सर सामानहरु प्रदान गरिएको छ।‌

यसको साथै आगलागीमा‌ पिढीत परिवारलाई उनको दाजुको घरमा राखिएको जानकारी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ट्रेड युनियन अप्पर सिमरिङको सभापति साथै अप्पर सिमरिङ निलकण्ठ समाजको सभापति कमल सुब्बाले‌ बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement