मिरिक झीलमा साथीलाई बचाउने क्रममा २२ वर्षीय साहिल राईको मृत्यु

IMG-20251021-WA0107

मिरिक: मिरिक झीलमा साथीलाई बचाउने क्रममा २२ वर्षीय साहिल राईको मृत्यु भएको जानकारी प्राप्त भएको छ। ​लक्ष्मी पूजाको राति मिरिक झीलमा एउटा हृदय विदारक घटना भएको छ। मिरिक अन्तर्गत थर्बुको एलडी बहादुर गाउँ निवासी २२ वर्षीय साहिल राईले मिरिक झीलमा डुबेर आत्महत्या गर्न खोजेका मिरिक बजारका आफ्ना साथी सदीप दर्जीलाई बचाउने क्रममा आफ्नो ज्यान गुमाएका छन्। प्राप्त जानकारी अनुसार ​साहिल राईले बहादुरीका साथ आफ्ना साथीलाई बचाउन झीलमा हाम फालेका थिए। तर दुर्भाग्यवश, उनी बेपत्ता भए। आफ्नो ज्यान जोखिममा हुँदा पनि साहिलले सदीपको जीवन बचाउन सफल भए। उनका साथी हाल सिलगढीको अस्पतालमा उपचाराधीन अवस्थामा छन्।
​लामो खोजी कार्यपछि साहिल राईको शव आज बिहान फेला परेको थियो र मिरिक खण्ड स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। उनको यो बलिदानको खबरले स्थानीय समुदायमा शोकको लहर छाएको छ। गाउँलेहरूले उहाँलाई सधैँ अरूलाई सहयोग गर्न तत्पर रहने असल व्यक्ति भन्दै उनको प्रशंसा गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement