गोरुबथान: कालीखोला, सामाबियोङ चिया कमान,स्कूल इन्चार्ज पल्लवी गुरूङको अगुवाइमा शिक्षक रोशन छेत्री, शिक्षिका पेम डोल्मा शेर्पा,मनिषा छेत्री, सविता भुजेल अनि सुष्मिता लेप्चा लगायत २७ जना नानीहरुले बि एम हाइ स्कुलले आयोजना गरेको देउसे भैलो प्रतियोगितामा भाग लिएको थियो। खुबै उत्कृष्ट प्रदर्शनी गरेवापत दर्शक दीर्घामा अमिट छाप छोड्न सफल बन्न सकेको थियो। आफ्नो संस्कृतिको जगेर्ना गर्नपर्छ भन्ने भावनाले प्रस्तुत गरिएको देउसे भैलो प्रतियोगिता खुबै सराहनीय रहेको थियो। यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा आफ्नो संस्कृतिप्रति उत्सुकता बढेर जाने विद्यालयका संस्थापक कमल छेत्रीले बताउँदै सम्पूर्णमा तिहारको शुभकामना पनि व्यक्त गरेका छन्।










