दार्जिलिङ: हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनको एउटा टोलीले आज गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई भेट गर्यो। टोलीलाई अर्गनाइजेसनको महासचिव लिला कुमार गुरुङले अगुवाइ गरेका थिए।
भेट समय फरेस्ट भिलेजर्सको समस्या माथि चर्चा भयो। फरेस्ट भिलेजलाई रेबेन्यु भिलेज बनाउने प्रक्रिया अनि पहल माथि उठेको समस्याको चर्चा भयो। जमीन अधिकार माथि पनि कुराकानी भयो।

चर्चा समय प्रमुख कार्यपाल अनित थापाले टोलीलाई आश्वासन दिँदै भनेका छन् कि फरेस्ट भिलेजको मुद्दा लिएर चाडै नै जिल्लापाल, डि एफ ओ, प्रशासन साथै सम्बन्धित स्टेक होल्डर अनि प्रभावित वासिन्दाहरु संग डायलग खोल्नेछु।

उनले आश्वासन दिएका छन् कि जमीनको अधिकार सबैले पाउनु पर्छ चाहे उ जनजाति होस् या अनुसूचित जनजाति या साधारण। हाम्रो जमीन हाम्रो अधिकार हो। म न त कसैलाई अन्याय हुनु दिनेछु न त कसैको घर भत्काउन नै दिनेछु।