गान्तोक: दिवालीको शुभ अवसरमा सिक्किमवासीहरूलाई
राज्यपाल ओमप्रकाश माथुरले शुभकामना दिएका छन्।
आज जारी आफ्नो सन्देशमा राज्यपालले भने, ‘प्रकाश र आभाको यस दिव्य पर्व दिवालीमा म सिक्किमका सबै नागरिकहरूलाई हार्दिक शुभकामना प्रेषित गर्दछु।
दीपोत्सवले हामीलाई अन्धकारदेखि प्रकाशतिर र असत्यदेखि सत्यतिर प्रेरित गर्दछ।’
राज्यपालले हरेक घरपरिवारमा सुख र समृद्धि तथा प्रत्येक जीवनमा शान्ति, सौहार्द र सृजनशीलताको कामना गरेका छन्।
राज्यपालले भने, ‘अधिष्ठात्री मॉं लक्ष्मीको आशीर्वादले हामी सबै मिलेर विकसित भारत @२०४७ को संकल्पलाई साकार गरौं। भोकल फर् लोकलको भावनालाई अपनाउॅंदै राज्यको पहिचानलाई कायम राखौं, यो नै सॉंचो अर्थमा राष्ट्र निर्माणको दिशामा हाम्रो योगदान हुनेछ।
आफ्ना घरहरूलाई दियोले रोशन गर्नका साथै आफ्ना विचारहरू, प्रयासहरू र संकल्पहरूले हाम्रो महान राष्ट्रको भविष्यलाई प्रज्जवलित बनौं भनी राज्यपालले आह्वान गरेका छन्।