पाकिममा विभिन्न खेलको छनौट प्रतियोगिता

IMG-20251019-WA0114

पाकिम: पाकिम जिल्ला खेलकूद एवं युवा मामिला विभागको पहलमा जिल्लास्तरीय खेलकूद कार्यक्रम आयोजना गरियो। विशेष गरेर पाकिमको सेन्ट जेभियर्स खेल मैदानमा आयोजना गरिने अन्तरराज्य विद्यालयस्तरीय खेलकूदलाई सहज बनाउने उद्देशयले जिल्लास्तरीय खेलकूद कार्यक्रम आयोजन गरिएको हो। उक्त कार्यक्रममा शिक्षा विभागका संयुक्त निर्देशक भक्ति शर्मा मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। उक्त छनौट कार्यक्रम खण्डस्तरीय अन्तरविद्यालयबाट शुरू गरिएको थियो।. खण्डस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले जिल्लास्तरीय प्रतियोगितामा प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछ। जिल्लास्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी दिनमा सम्पन्न हुने राज्यस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन्। १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरीहरूलाई लिएर आयोजित खेलकूद प्रतियोगिताअन्तर्गत आर्चेरी, बास्केटबल, कबड्डी, खो-खो, टेबल टेनिस र ताइक्वाण्डो रहेको थियो। जिल्लास्तरमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई प्रमाण पत्र प्रदान गरियो। कार्यक्रममा संयुक्त निर्देशक निम दोर्जी भोटिया, उपनिर्देशक लेग्देन दोर्जी भोटिया लगायत अन्यहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement