गान्तोक: भारत सरकारको केन्द्रीय जनजाति मन्त्रालयको पहलमा दिल्लीस्थित विज्ञान भवनमा आदि कर्मयोगी अभियानमाथि राष्ट्रीय कन्क्लेभ सम्पन्न भयो। यस कार्यक्रम आयोजनको मुख्य उद्देश्य जनजातिहरूलाई तृणमूलस्तरबाट मजबुत बनाउने हो। विशेष गरेर जनजाति समुदायलाई दीर्गमियादी विकासतर्फ लैजाने मन्त्रालयले पहल शुरू गरेको हो। विशेष गरेर देशको सम्पूर्ण राज्य र युनियन टेरिटोरियलमा गत १७ सेप्टेम्बरदेखि शुरू भएर २ अक्टोबरको दिन समापन भएको थियो। यस अभियानअन्तर्गत देशभरि बसोबासो गर्दै आएका जनजाति समुदायलाई आगामी २०३० सम्ममा विकास गराउनको साथै उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। उक्त कार्यक्रमको दोस्रो चरणमा मुख्य अतिथिकोरूपमा देशकी राष्ट्रपति द्रोपदी मुर्मू रहेकी थिइन् भने पहिलो चरणको कार्यक्रममा केन्द्रीय मन्त्रीगणको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष गरेर स्वास्थ्य, पोषण, शिक्षा,क्षमता विकास, जीविकापोर्जन र उद्यामीमाथि प्रकाश पारिएको थियो। सो कार्यक्रममा राज्यकी सामाजिक कल्याण विभागकी सचिव सारिका प्रधान लगायत अन्य अधिकारीहरूले सहभागिता जनाएका थिए। आफ्नो सम्बोधनको क्रममा सचिव प्रधानले आदि कर्मयोगी अभियान अन्तर्गत सिक्किमको नवीन दृष्टिकोणबारे जानकारी गराइन्। यस अभियानअन्तर्गत शासन र संस्थागत सुदृढीकरणमा हासिल गरिएको उपलब्धिहरूबारे पनि अवगत गराइन्। उनले सिक्किम सरकारले जनजाति अनुसन्धान संस्थान र प्रशिक्षण केन्द्र सिक्किम भित्र संस्थागत गरेर आदि-कर्मयोगी अभियानअन्तर्गत जनजाति शासन र क्षमता निर्माणलाई सुदृढ पार्न एक प्रमुख पहल शुरू गरेको प्रकाश पारिन्। उनले थप जानकारी गराएअनुसार राज्यमा बसोबासो गर्ने जनजाति समुदायका कार्यकर्ताहरूको सामाजिक-आर्थिक अनुसन्धान, दस्तावेजीकरण र प्रशिक्षणमा मजबुत जग बसाउन सक्षम बनेको र यस अभियानको लागि ज्ञान र क्षमता विकास केन्द्रको रूपमा काम गर्ने बताइन्। यो पहलले जनजाति कल्याण र विकासको लागि दिगो, ज्ञान-संचालित दृष्टिकोण सुनिश्चित गर्ने लक्ष्य राखेको प्रकाश पारिन्।