नाम्फिङमा एसकेएमको सदस्यता अभियान

IMG-20251019-WA0116

गान्तोक: एसकेएम पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा तिमी नाम्फिङ समष्टिको मिडल नाम्फिङ वार्डमा एसकेएम पार्टीको सदस्यता नवीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस अवसरमा सीएलसी संयोजक डिकेन्द्र पौड्यालसहित पार्टीका कार्यकर्ताहरूले गाउँका हरेक घर परिवारमा पुगेर सदस्यता नवीकरण गराउँदै जनसम्पर्क, संवाद र संगठन सुदृढीकरणमा जोड दिएको उल्लेख गरिएको छ। स्थानीय पार्टी सदस्यहरू र समर्थकहरूले पार्टीप्रति आफ्नो अटूट विश्वास र प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि विकास, सुशासन र जनसेवाको मार्गमा एकजुट भएर अघि बढ्ने संकल्प व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement