गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद चौरासीयासित भेट गरे। भेटवार्ता अवधि मुख्यमन्त्रीले पूर्व राज्यपालको स्वास्थ्य सम्बन्धी जानकारी लिए। पूर्व राज्यपालको स्थिर स्वास्थ्यलाई लिएर मुख्यमन्त्रीले हर्ष व्यक्त गरेका छन्।
उल्लेखनीय छ, गंगा प्रसाद चौरासीयले नै वर्ष २०१९मा पहिलोपल्ट प्रेमसिंह तामाङलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएका थिए।