केन्द्रीय गृहमन्त्री अमित शाहसित गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङले गरे भेट‌

IMG_20220925_152524.jpg

सिलगढी: हिजो साँझ केन्द्रीय गृहमन्त्री अमित शाहसित बाघडुग्रा हवाईअड्डामा गोरमुमो मन घिसिङले भेट गरे। यस अवधि गोरामुमो अध्यक्ष मन घिसिङले गृहमन्त्री अमित शाहलाई खदा लगाएर स्वागत जनाए। वायुसेना हवाई अड्डाको विशिष्ट कक्षामा भेटघाटको क्रममा दार्जिलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्ट, दार्जिलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बा पनि उपस्थित थिए। उक्त भेटघाट अवधि गृहमन्त्री अमित शाहसित लामो समयसम्म विभिन्न विषयहरूमा चर्चा परिचर्चा गरिएको बताइएको छ।

About Author

Advertisement