नाम्चीमा एसडीएफ-को जिल्लास्तरीय सभा

IMG-20251019-WA0118

गान्तोक: हिजो नाम्ची नजिक घुर्पिसेमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)को नाम्ची जिल्लास्तरीय सभा बस्यो। सभामा जिल्लाका शीर्ष नेता अनि कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बैठकमा नाम्ची जिल्लामा पार्टीका भावी रणनीतिमाथि चर्चा गरियो। यस अवसरमा जिल्लाका कर्मठ पार्टी कार्यकर्ताहरूले आ-आफ्ना सुझाउ पनि साझा गरे। बैठक अवधि भर्खरै पार्टीको विभिन्न महत्वपूर्ण पदमा नियुक्त भएका नाम्ची जिल्लाका सदस्यहरूलाई स्वागत तथा अभिनन्दन पनि जनाइयो।
हिजोको बाठकमा अन्य नेता अनि कार्यकर्ताहरूको साथमा पार्टीकी युवा नेत्री तथा चेली मोर्चा प्रभारी कोमल चामलिङको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement