सोनादा: पश्चिम बंगालमा ममता सरकारमा हिंसा बढिरहेको छ। महिलाहरुमाथि उत्पीडन र अत्याचार बढिरहेको छ र व्यापक रूपमा भ्रष्टाचार बढिरहेको छ। कानुन व्यवस्था झन बिग्रन्दै गईरहेको छ भनी दार्जीलिङका सांसद राजु विष्टले आरोप लगाएका छन्। उनले सोनादामा पत्रकारहरुलाई सम्बोधन गर्दै अहिले उत्तर बंगालमा ठूलो प्राकृतिक आपदा आईपरेको छ। तर तृणमूल कांग्रेसको कुनै पनि मन्त्री जनताको साथमा फिल्डमा छैनन्। भाजपाको कार्यकर्ताहरु, सांसद र विधायक सबै जनताको साथमा फिल्डमा उत्रेर सहायता गरिरहेका छन् र नै सांसद र विधायकमाथि लगातार आक्रमण भईरहेको छ। यसै अन्तर्गत हिजो सुदुर गाउँमा भ्रमण गरेर फर्कने क्रममा आफुमाथि आक्रमण भएको बताए। उनले आफुमाथि हमला गरिएको थियो तर पछाडिको गाडीमा लागेर सिसा फुटेको बताउँदै यस आक्रमणको विरोधमा जोरबंगलो थानामा एफआईआर दर्ता गराएको र आबो पुलिसको कार्वाही गर्छ कि गर्दैन त्यो हेर्नु पर्ने छ भनी बताएका छन्। सांसद राजु विष्टले योभन्दा पहिला पनि आफुमाथि हमला गरिएको जानकारी गराउँदै यत्रो ठूलो आपदाको समयमा फिल्डमा रहेको सांसदमाथि यसरी आक्रमण हुनु राम्रो कुरा होइन भनी बताएका छन्।