राजगञ्ज: पुठीमारी संलग्न रङ्गालीभिटामा रहेको एउटा मस्जिदमा चोरीको घटना प्रकाशमा आएको छ। जानकारी अनुसार गत राती चोरहरूले मस्जिदको ताला भत्काएर त्यहाँ रहेको दान पेटीबाट रुपियाँ लिएर चम्पट कसेको बताइएको छ। मस्जिदका सदस्यहरूले बताएअनुसार दान पेटीबाट लगभग पचास हजार रुपियाँ चोरी भएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।









