सिङबली चियाबगानद्वारा एकै किस्तामा २० प्रतिशत बोनस दिने निर्णय   

IMG_20220925_165931.jpg

सिलगढी: अहिले दशैंको मुखैमा चियाबगानको बोनस लिएर किचलो मच्चिएको बीच सिङबुली चियाबगानले छुट्टै उदहारण प्रस्तुत गरेको छl आउँदो २८ सेप्टेम्बरभित्र सिङबुली चियाबगानले एकै किस्तामा बोनस भुक्तान गर्ने निर्णय लिएको छl यसबारेमा चियाबगानका मुख्य प्रबन्धक आलोक दत्त जखमोलाले बताएका छन्l

बगानमा जम्मा चारवटा डिभिजन रहेका छन् भने जसमा १३ सय श्रमिकहरु बगान अधिनस्थ रहेका छन्। मन्जुश्री एग्रिकल्चर प्रोजेक्ट प्राइभेट लिमिटेडको संचालनमा रहेको यस बगानमा सिङबुली, मन्जु, मरमा, टिङलिङ गरि चारवटा डिभिजन रहेका छन्। सम्पूर्ण श्रमिकहरुलाई बडा दशैको शुभकामना दिँदै मुख्य प्रबन्धक आलोक दत्त जखमोलाले दिनप्रतिदिन पहाडको चियाबगानको अवस्था खस्किँदै गएको बताउँदै दार्जीलिङ चियाको गरिमालाई बचाई राख्ने कर्तव्यबोध सबैमा हुनुपर्ने पनि बताएका छन्। दशैको बोनसलाई लिएर पहाडका श्रमिकहरु सन्तुष्ट छैनन्, कतिपय बगानहरुमा १५ प्रतिशतले बोनस वितरण गरिसकेको छ, तर धेरै श्रमिकहरु यस किसिमको किस्ताको बोनसको पक्षमा छैनन्। उनीहरु एकै किस्तामा २० प्रतिशत बोनस चहान्छन्। यस्तो स्थितिमा मिरिक महकुमास्थित सिङबुली चियाबगानले एकै किस्तामा बोनस दिने निर्णय गरेर उदाहरण स्थापित गरेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement