अष्ट्रेलियाविरुद्ध पहिलो वनडे म्याचमा रोहित कोहलीको अग्नीपरीक्षा

IMG-20251018-WA0219

पर्थ: भारत र अष्ट्रेलियाबीच वनडे इण्टरनेशनल क्रिकेट सीरीजको पहिलो म्याच आइतवार पर्थमा खेलिनेछ। यस म्याचमा सबैको नजर विराट कोहली र रोहित शर्मामाथि रहनेछ, जो लामो समयपछि मैदानमा ओर्लिनेछन्। यी दुई दिग्गजले भारतको निम्ति अन्तिमपल्ट यस साल च्याम्पियन्स ट्रफीमा खेलेका थिए। टेस्ट र टी२० इण्टरनेशनल प्रारूपबाट सन्न्यास लिइसकेका हुनाले यी दुईजना दिग्गज अहिले केवल वनडे क्रिकेटमा खेलिरहेका छन्। यी दुवैको लक्ष्य २०२७ वर्ल्ड कपमा खेल्ने रहेको छ तर वैश्विक टुर्नामेण्टको निम्ति यी दुईजना कतिको फिट छन् भन्ने अष्ट्रेलियाविरुद्ध सीरीजबाट नै तय हुनेछ। यी दुईजनाले अष्ट्रेलिया यात्राको निम्ति कठोर मेहनत गरेका छन्। रोहितले त केही ओजन पनि घटाएका छन् तर यी फर्ममा फर्किनु असली चुनौती हुनेछ। आईपीएल-पछि रोहित र कोहली दुवैले कुनै प्रतिस्पर्धी म्याच खेलेका छैनन्। अष्ट्रेलियाविरुद्ध रेकर्डले यी दुई दिग्गजको मनोबल अवश्यै बढ़ाउनेछ। यसपाली कप्तानीको अतिरिक्त बोझ नहुने हुनाले रोहितले खुलेर खेल्न सक्नेछन्। कोहलीले पहिला झैँ लामो ईनिंग्स खेल्न सके अनि रोहितले टीमलाई असल शुरुवात दिलाउन सके यी दुई दिग्गजको करियर अझ केही साल अघि बढ्न सक्ने तय छ। गिलले टेस्ट प्रारूपमा कप्तानको रूपमा आफ्नो क्षमता साबित गरिसकेका छन् अनि अहिले उनी समक्ष वनडे प्रारूपमा पनि आफ्नो फर्मलाई कायम राख्ने चुनौती हुनेछ। गिललाई यस्तो समयमा कप्तानी प्राप्त भएको छ जब रोहित र कोहली दुवै टीमका हिस्सा छन्, जुन उनको निम्ति असल खबर हो। गिलले म्याचको अवधि उनीहरूबाट सल्लाह लिने मौका पाउनेछन्। टीम प्रबन्धनले रोहित र गिलको ओपनिंग जोड़ीलाई कायम राख्ने तय छ। कोहली तेस्रो स्थानमा ओर्लिनेछन्। त्यसपछि श्रेयस अय्यर र केएल राहुल ओर्लिन सक्छन्। राहुलमाथि विकेटकीपिंगको अतिरिक्त जिम्मेवारी रहनेछ। पेस बलिंग अलराउण्डरको रूपमा नीतीश कुमार रेड्डीले मौका पाउनसक्छन्। स्पिन विभागमा अक्षर पटेल र कुलदीप यादव हुनेछन् जबकि मोहम्मद सिराज र अर्शदीप सिंहले पेस आक्रमण सम्हाल्नेछन्। म्याच बिहान ९ बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement