मङपू: मङपू युथ क्लबको तत्त्वावधानमा आयोजित मङपू गोल्ड कप २०२५ फूटबल टुर्नामेण्टमा गान्तोक हिमालयन फूटबल क्लबले फाइनलमा स्थान बनायो। मङपू खेल मैदानमा शनिवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा गान्तोक हिमालयन फूटबल क्लबले नाइट चेस क्लब (नेपाल)-विरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट क्षितिज सुब्बाले ४३औं र ४९औं मिनटमा २ गरे। यसबाहेक अन्य एउटा गोल निमा लेप्चाले ११औं मिनटमा गरे। यसरी नाइट चेस क्लबको तर्फबाट विवेक राईले ५औं मिनट र सञ्जय धमालले ३६औं मिनटमा गोल गरे। विजेता टीमका क्षितिज सुब्बाले प्लेयर अफ् द म्याचको ट्रफी हासिल गरे। अब आइतवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा जर्जियन एफसी र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको यस संस्करणमा जम्मा ८ वटा अग्रणी टीमहरूलाई स्थान दिइएको छ। यसमा उत्तर बंगालका शीर्ष टीमहरूको साथमा छिमेकी देश नेपाल र छिमेकी राज्य सिक्किमको टीम पनि सामेल छन्। टुर्नामेण्टको फाइनल २६ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।