सिलगढीको महानन्दा नदीमा पितृ मुक्ति हेतु जलार्पण गर्न घुइँचो

IMG_20220921_195451.jpg

सिलगढी: आजदेखि नवरथा शुरु भएको छ। शास्त्र अनुसार महालयको दिन आफ्ना पूर्वजहरूलाई स्मरण गर्दै तर्पण दिने मान्यता रहेको छ। यसै अनुसार आज महालयको बिहान सिलगढीको महानन्दा नदीमा आफ्नो पिता पुर्खाहरूलाई जल अर्पण गर्न आउने मानिसहरूको निक्कै भीड देखियो।पानी झरीको रत्तिभर पर्वाह नगरी अनेकौ मानिसहरू सिलगढीको महानन्दा नदीमा गएर आफ्ना पुर्खाहरूलाई जल अर्पण गरे। सिलगढीका डेपुटी मेयर रञ्जन सरकारले पनि महानन्द नदीमा गएर तर्पण गरे। यसपछि तिनी सिलगढीको कुमारटोलीमा पुगेर देवी दुर्गाको मूर्तिमा आँखा अङ्कित गरे। यस अवसरमा रज्जन सरकारले भने, महालयको दिन आज बिहान आफ्ना पूर्वजहरूलाई स्मरण गर्दै तर्पण गरे। आज धेरै संख्यामा मानिसहरूले महानन्दा नदीमा गएर आफ्ना पूर्वजहरूलाई जल अर्पण गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *