पाकिम: पाकिम जिल्लाको शिक्षा कार्यालयको पहलमा आज “एक पेड माँ के नाम” अभियानअन्तर्गत कुपुथाङ प्राथमिक पाठशालामा विभिन्न प्रजातिको बिरूवा रोपिए। मानिसहरूलाई पृथ्बीसँग नजिकको सम्बन्ध बनाउनका साथै पर्यावरणप्रति जिम्मेवारीबोध गराउने उद्देश्यले उक्त अभियान शुरू गरिएको हो। उक्त कार्यक्रम शिक्षा विभागका उपनिर्देशक एचएन शेङ्गा र पाठशालाका प्रधानाध्यापक सहित अन्य शिक्षकवर्गको सहयोगमा आयोजन गरिएको हो।
यस अवसरमा सहभागीहरूले पाठशाला परिसरमा विभिन्न प्रजातिका बिरूवा रोपे। जसमा अम्बक, सुन्तला लगायत अन्य फलका बिरुवाहरु पनि लगाइएको थियो। यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई पर्यावरणप्रति सचेत गराउनको साथै बिरूवा रोपेर आमाहरूलाई सम्मान गर्नु रहेको थियो।