मुख्यमन्त्रीद्वारा विद्यार्थीहरुलाई आर्थिक सहयोग हस्तान्तरण

IMG-20251018-WA0211

गेजिङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज देन्तानका एक सय भन्दा अधिक लाभार्थीहरूलाई मुख्यमन्त्री विवेकाधीन कोष, मुख्यमन्त्री शिक्षा सहायक योजना, मुख्यमन्त्री राहत कोष लगायत अन्य योजनाबाट आर्थिक सहयोग राशि प्रदान गरे। सोही क्रममा उनले मुख्यमन्त्री सहयोग योजनाअन्तर्गत पीएमश्री सरकारी वरिष्ठ विद्यालयलाई खेल मैदान निर्माणको निम्ति आर्थिक सहयोग प्रदान गरे। यसरी नै प्राकृतिक प्रकोपका प्रभावित परिवार, विद्यार्थी, धार्मिक संस्थान र सामाजिक संस्थालाई १५-१५ लाख प्रदान गरे। यस अवसरमा उनले ७५ जना विद्यार्थीहरूलाई सीएमइएएस योजना अन्तर्गत आर्थिक सहयोग प्रदान गरे भने सीएमडीजी योजना अन्तर्गत १६ जना विद्यार्थीहरूलाई सहयोग प्रदान गरे। वर्ष २०१९ मा एसकेएम पार्टीको सरकार गठनपछि गरिबी रेखामुनिका विद्यार्थी, सामाजिक, खेलकूद लगायत अन्यहरूलाई पनि सहयोग राशि प्रदान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement