धनतेरसको दिन खरसाङ बजारमा सुन चाँदी र धातुका वस्तुहरु किन्न मानिसहरूको भीड

IMG-20251018-WA0190

खरसाङ: धनतेरसको दिन खरसाङ बजार केही भीडभाड देखिएको छ। आजदेखि धनतेरसको दिनसितै पाँच दिवसीय दिपावली पर्व शुरु भएको छ।‌ धरतेरसको अवसरमा खरसाङमा धनतेरसको अवसरमा सुन चाँदीको‌ हर गहना र धातुको चीजहरु किन्ने मानिसहरुको केही भीड देखिएको भए पनि बजारको बिक्री भने पहिला पहिलाको जस्तो तेति बेसी बिक्री नभएको दोकानदारहरु बताउँछन्।‌ धनतेरसको अवसरमा सुन-चाँदीको गर‌ गहना र धातुका वस्तुहरु किनेर राख्दा घरमा सुख, शान्ति र लक्ष्मीको वास हुने विश्वास रहेको छ। जनमानसमा विश्वास छ कि पौराणिक कालमा समुन्द्र मन्थन हुँदा औषधिहरु निस्कन्दा धनवन्तरीले जिम्मा लिएका‌ थिए र धनतेरसको दिन नै धनवन्तरीको जन्म जयन्ती पालन गर्ने‌ गरिन्छ। धनतेरसको दिन खरसाङ बजारम केही व्यस्त देखिएको छ।‌ मानिसहरु दिपावलीको लागि सर सामानहरु किन्ने र सुन चाँदीको‌ गरगहना र धातुको चीजहरु किन्न व्यस्त देखिएको थियो। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङका‌ वरिष्ठ पण्डित तुलसीप्रसाद अधिकारी र डुमाराम निवासी नन्दन शर्माले‌ धनतेरसको अवसरमा सुन-चाँदीको गर‌ गहना र धातुका वस्तुहरु किनेर राख्दा घरमा सुख, शान्ति र लक्ष्मीको वास हुने विश्वास रहेको बताएका छन्‌।

दुवैले बताए अनुसार जनमानसमा विश्वास छ कि पौराणिक कालमा समुन्द्र मन्थन हुँदा औषधिहरु निस्कन्दा धनवन्तरीले जिम्मा लिएका‌ थिए र धनतेरसको दिन नै धनवन्तरीको जन्म जयन्ती पालन गर्ने‌ गरिएको पनि बताएका छन्।दुवैले‌ धनतेरसको अवसरमा सबैलाई शुभकामना साथै सुख शान्ति र समृद्धिको कामना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement